पाँच सय १२ जिबीको होनर एक्स एट बी अब मात्र २९ हजार ९९९ मा पाइने

१७ फागुन, काठमाडाैं । होनरले पाँच सय १२ जिबीको होनर एक्स एट बी मात्र २९ हजार ९९९ मा उपलब्ध गराएको छ । नेपालका लागि होनरको आधिकारिक वितरक सेलटोन नेपालले एक्स एट बीको आधिकारिक लन्च भएको जानकारी गराएको छ । फेब्रुअरी २८ मा प्रि बुकिङ सकिएसँगै यो अब नेपालभर खरिदका लागि उपलब्ध भएको हो ।

होनरले बार्सिलोनामा आयोजित एमडब्लूसीमा आफ्नो नयाँ टेक्नोलोजी होनर म्याजिक सिक्स सिरिज, होनर म्याजिक भी टु सिरिज र होनर म्याजिक बुक प्रो १६ लन्च गर्दै इन्नोवेसनको नया आयाममा प्रवेश गरेको छ ।

होनर एक्स एट बीमा मा अत्याधुनिक ६.७ इन्चको आँखा कम्फर्ट ब्राइट एमोलेड डिस्प्ले रहेको छ जसले १२०० निट्सको एचबीएम ब्राइटनेस र २००० निट्सको पीक ब्राइटनेस, उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दछ।

होनर एक्स एट बीमा १०८ एम पी मेन क्यामेरा, वाइड र डेप्थ क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा समावेश भएको ट्रिपल क्यामेरा प्रणाली रहेको छ, जसले प्रयोगकर्ताहरूलाई उल्लेखनीय विवरणका साथ तस्बिरहरू खिच्न अनुमति दिने कम्पनीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment