लुयान इलेक्ट्रिक स्कुटरको उपत्यकामा सात ठाउँमा सर्भिस सेन्टर

१६ फागुन, काठमाडाैं । लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर काठमाण्डौं, भक्तपुर र ललितपुरमा ७ ठाउँमा सञ्चालनमा आएको छ ।

चीनमा आजभन्दा करिब २७ बर्ष पहिले लुयान ब्राण्डले इलेक्ट्रिक स्कुटर उत्पादन शुरु गरेको हो । नेपालमा जीरो इमिसन राइड एनले लुयानको स्कुटर बेच्न थालेको पनि ५ बर्ष भएको छ ।

यो समयअवधिमा नेपालमा लुयानले सयौं इलेक्ट्रिक स्कुटरहरु बेचिसकेको छ । जसका लागि आवश्यक स्पेयर पार्ट्स सँगसँगै सर्भिस सेन्टरको पनि राम्रो व्यवस्था गरेको छ ।

काठमाण्डौं उपत्यका बाहेकका अन्य प्रमुख शहरहरुमा पनि लुयानको सर्भिस सेन्टर सहितका शोरुमहरु सँचालनमा रहेका छन् ।
सवारीसाधनमा बिक्रिपछिको सेवा महत्वपुर्ण हुने हुनाले यस्तो व्यवस्था मिलाइएको जीरो इमिसनका निर्देशक दुर्वास नगरकोटीले बताउनुभएको छ । उहाँका अनुसार काठमाण्डौं उपत्यकाका ७ वटै सर्भिस सेन्टर मध्ये ग्राहकहरुले आफुलाई पायक पर्ने सर्भिस सेन्टरबाट स्कुटरको सर्भिस तथा मर्मतको सेवा लिन सक्नेछन् ।

निर्देशक नगरकोटीका अनुसार ती सात वटै सर्भिस सेन्टरमा चार्जिङ्ग सुविधा पनि रहेकाले आवश्यक परेको खण्डमा ग्राहकहरुले आफ्ना स्कुटरहरु चार्ज समेत गर्न सक्नेछन् ।

हाल नेपालमा खुलेका विभिन्न इलेक्ट्रिक स्कुटरको ब्राण्डहरुमध्ये लुयान धेरैले रुचाइएको ब्राण्ड बन्न सफल भएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment