रेखा थापालाई पुत्री लाभ

१२ फागुन, काठमाडौं । नायिका रेखा थापाले छोरीलाई जन्म दिएकी छिन् । अमेरिकामा रहेकी रेखाले आज छोरीलाई जन्म दिएकी हुन् ।

उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाह राखेकी छिन् । रेखाले सामाजिक संजालमा छोरी जन्मेको जानकारी दिँदै लेखेकी छिन्–‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ ।’

रेखाले बलराम शाहीसँग गतबर्ष बिहे गरेकी थिइन् । रेखा सन्तान जन्माउनका लागि अमेरिका पुगेको भन्दै उनको चर्को आलोचना समेत भइरहेको थियो । तर, रेखाले यो विषयको खण्डन समेत गरेकी थिइन् । रेखा र बलरामलाई धेरै धेरै बधाई छ । 



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment