नेपालमा अनुसन्धानकर्ताको अवस्थाबारे प्यानल छलफल हुने

२७ माघ, काठमाडौं । अनुसन्धानको परिवेश र भविष्यबारे प्यानल छलफल हुने भएको छ। आइतबार दिउँसो राजधानीको बसुन्धारास्थित एक कलेजमा ‘नेपालमा अनुसन्धानको विगत, वर्तमान र भविष्य’ शिर्षक दिइएको सो प्यानल छलफल हुने भएको हो।

नेपालमा अनुसन्धानकर्ताहरूले सामना गर्नपरेका चुनौती र अवसरका बारेमा छलफल हुने नेपाल रिसर्च एण्ड कोलाबोरेशन सेन्टरका अध्यक्ष विवेक लाल कर्णले जानकारी दिए।

उनका अनुसार छलफलमा रास्वपा सांसद शिरि खनाल, पूर्व शिक्षामन्त्री डा. रविन्द्र ढकाल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डा. टिष्टा प्रसाई जोशी लगायत विभिन्न विज्ञहरूलाई छलफलमा बोलाइएको छ।

नेपालमा नयाँ विद्यार्थी र उदयमान अनुसन्धानकर्ताहरूले कस्ता अवसर पाएका छन् भन्ने विषयमा छलफल मुख्य केन्द्रीत हुने बताइएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment