घ्यु,पुवाको महत्व यस्तो रहेको छ!

१४ माघ, काठमाडाैं । मिती २०८० साल माघ १५ गते सोमबार माघकृष्णपक्ष चतुर्थी तिथी १६ गते प्रात:६ / ३२ बजेसम्म त्यस उप्रान्त पंचमी तिथी आरम्भ हुने भएकोले यो दिन “माघमासे घृतं पुवा “ अर्थात माघ महिनामा घ्यु ,पुवा खाने दिन हो। पुवा चामलबाट बन्छ।हाम्रो आफ्नो भूमिमा चामल मुख्य अन्न भएकाले पुवा बनाउन गार्ह्रो छैन।

आयुर्वेदले भनेको पनि छ¸ “यस्य देशस्य यो जन्तुस्तज्ज तस्सयोषध हितम्” अर्थात् जो व्यक्ति जहाँ जन्मन्छ त्यो व्यक्तिका लागि त्यसै देशको माटोमा हुने अन्न र औषध हितकारी हुन्छ।आमाहरुले बनाउने गरेको पुवा दैनिक खानुपर्ने भन्ने होइन। यसलाई महिनामा १-२ पटक खानु र विशेष परिस्थिति सुत्केरी¸ बच्चाबच्चीहरु लामो समयदेखि रोगसँग लडिरहेका¸ स्टामिना कम भएका चोट-पटक लागेका व्यक्तिले आवश्यकता अनुसार खान सक्छन्। जसले यस्तो खाने गर्दछ।उसको शरीर पुष्टि हुन्छ।
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment