‘डंकी’को हालसम्मको कमाइ ४ सय ६० करोड

०२ माघ, काठमाडौं । शाहरुख खान र तापसी पन्नु अभिनित फिल्म ‘डंकी’ रिलिज भएको एक महिना पूरा हुँदैछ।

यो फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ। फिल्मले घरेलु बक्स अफिसमा राम्रो प्रदर्शन गरेको थियो। योसँगै फिल्मको विश्वव्यापी प्रदर्शन पनि निकै राम्रो रह्यो।

राजकुमार हिरानी निर्देशित ‘डन्की’ले २५औं दिनमा फिल्मले ४ सय ६०.७० करोडको व्यापार गरेको रेड चिलिज इन्टरटेनमेन्टले जनाएको छ।

सलमान खान स्टारर ‘टाइगर ३’ ले भने ४ सय ६४ करोडको व्यापार गरेको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment