ह्यारी केनको गोलवर्षा जारी

२७ पुस, एलियान्ज एरिना । ह्यारी केनले बुन्डेस लिगामा यो सिजन २२ औँ गोल गर्दा बायर्न म्युनिखले १० खेलाडीमा सीमित होफेनहाइमलाई सजिलै हराएको छ । जर्मनीका महान् खेलाडी फ्रान्ज बेकेनबाउरलाई सम्झना गर्दै शुक्रबार खेलिएको खेलमा बायर्न ३–० गोलले विजयी बनेको हो ।

बायर्नका पूर्व खेलाडी तथा म्यानेजर बेकेनबाउरको गत आइतबार ७८ वर्षको उमेरमा निधन भएको थियो । उनले क्लबका लागि ५८२ खेल खेलेका थिए ।

खेलमा जमाल मुसियालाले दुई हाफमा एक–एक गोल गरे । खेलको अन्त्यतिर इंग्ल्याण्डका कप्तानले एक गोल थप्दै टोलीलाई जीत दिलाए ।

जीतपछि १६ खेलमा ४१ अङ्क बटुल्दै टोली अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ । हालसम्म एक खेलमा मात्र पराजित बायर्न शीर्ष स्थानमा रहेको बायर लेभरक्युजनभन्दा मात्र १ अङ्कले पछि रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment