बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश

२३ पुस, काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले बारबास्ट्रोलाई ३–२ गोल अन्तरले हरायो।

खेलको १८औं मिनेटमा फिर्मिन लोपेजको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। दोस्रो हाफको ५१औं मिनेटमा राफिन्हाले अर्को गोल गरेपछि बार्सिलोनाले २–० को अग्रता बनायो।

६० मिनेटमा बारबास्ट्रोका डी मेसाले गोल गरेपछि खेल २–१ को स्थितीमा आएको थियो। ८८औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरेपछि बार्सिलोनाले ३–१ को अग्रता बनायो।

९० मिनेटपछिको अतिरिक्त समयमा बारबास्ट्रोका लागि पेनाल्टीमार्फत मार्क पार्टले गोल गरेपछि बार्सिलोनाले ३–२ को नतिजा निकाल्यो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment