एफए कपमा चेल्सी र ब्राइटन विजयी

२२ पुस, काठमाडौं । एफए कपअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी र ब्राइटन विजयी भएका छन्। दोस्रो हाफमा प्रेस्टन नर्थ एन्डविरुद्ध ४ गोल गर्दै चेल्सी एफएक कपको चौथो चरणमा प्रवेश गरेको छ। नर्थ एन्ड भने गोलबिहिन भयो।

चेल्सीका लागि ब्रोजा, थियागो सिल्भा, स्टर्लिङ र फर्नान्डेजले १–१ गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकेको नर्थ एन्डले दोस्रो हाफमा ४ गोल खायो।

त्यसैगरी ब्राइटनले स्टोक सिटीलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो। १६औं मिनेटमा आत्मघाती गोलमार्फत् स्टोकले अग्रता लिएको थियो। स्टोकका लागि अर्को गोल बाकेरले गरे। ब्राइटनका लागि भने जाओ पेड्रोले २ तथा डुन्क र स्तुपिनानले १–१ गोल गरे।

एफ कपकै अर्को खेलमा एस्टन भिल्लाले मिडल्सबर्गलाई १–० गोलले हरायो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthNewsPolitic
Comments (0)
Add Comment