कुसुन्ती मेयर कप फुटबल प्रतियोगिता अर्को साता

२० पुस, काठमाडौं । कुसुन्ती युवा क्लब र वडा स्तरीय युवा क्लब-१३ को संयुक्त आयोजनामा प्रथम कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता अर्को साता हुने भएको छ ।

आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २४ देखि २८ सम्म हुने जानकारी दिएको हो । प्रतियोगिताका खेल जावलाखेल खेल मैदानमा हुने छन् ।

प्रतियोगितामा ३२ टोलीको सहभागिता हुने र २७ टोलीले नाम दर्ता गराइसकेको आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी दिए ।

प्रतियोगितामा उपत्यका बाहिरबाट नवलपुर र वीरगञ्जका टोलीले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा सहभागिताका लागि १० हजार रुपैयाँ दर्ता शुल्क लाग्ने र उपत्यका बाहिरका टोलीका लागि दर्ता शुल्क नलाग्ने खड्काले बताए ।

प्रतियोगितामा ४० वर्षभन्दा माथिका खेलाडीले मात्र सहभागिता जनाउनेछन् । जसमा राष्ट्रिय टिमका पूर्व कप्तान राकेश श्रेष्ठ खि अनन्त थापा, रितेश थापा, नरेश थापा, राजु तामाङ लगायत खेलाडीको पनि सहभागिता हुने आयोजकले जनाएको छ ।

विजेताले १ लाख ५० हजार, उपविजेताले ७५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक र फरवार्डलाई ५ हजार रुपैयाँका साथ बुद्ध एयरको माउन्टेन फ्लाइटको टिकट प्रदान गरिनेछ ।

प्रतियोगिताको अनुमानित खर्च १५ लाख लाग्ने र ललितपुर महानगरपालिका र ललितपुर महानगरपालिका वडा नं. १३ ले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको आयोजकले जनाएको छ ।

प्रतियोगिता दौरान ५ जना खेलाडीलाई सम्मान पनि गरिने आयोजकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment