युद्धविरामको पहिलो दिन हमासले रिहा गर्‍यो २४ बन्धक

०९ मंसिर, एजेन्सी । प्यालेस्टाइनको विद्रोही समूह हमासले युद्धविरामको पहिलो दिन शुक्रबार २४ जना बन्धकलाई रिहा गरेकाे छ । यस्तै, इजरायलले पनि ३९ जना प्यालेस्टाइनी कैदीबन्दी रिहा गरेको छ ।

रिहा हुनेमा २४ जना महिला र १५ जना किशोर-किशोरी रहेको एपीले उल्लेख गरेको छ । उनीहरूमध्ये केही इजरायली सैनिकहरूमाथि आक्रमण र हत्याको प्रयास गरेको अभियोगमा र केही सामान्य ढुंगामुढा गरेको आरोपमा सजाय काटिरहेका थिए ।

थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थाविसिनले १२ जना थाइ नागरिक रिहा भएको बताएका छन् ।

केही दिनअघि हमासले इजरायलबाट बन्धक बनाएर गाजा पुर्‍याएको इजरायली र अन्य २६ मुलुकका गरी २३९ जनामध्ये पहिलो चरणमा ५० जना बन्दीलाई मुक्त गर्ने सहमति भएको थियो ।

बदलामा इसराइलले गजामा आक्रमण नगर्ने र इजरायली जेलमा रहेका १५० जना कैदीलाई रिहा गर्ने सहमति भएको थियो ।



मल्टिमिडिया ग्यालरी

BipenbusinessdigitalDigital NewspaperdigitalkhabarelonmuskFacebookGaneshGazahamasInternationalkhabarMountainnepal governmentPalistinePokharaPoliticspopkorn mediapopkornmediapopkorntvRasifaltapaiko aajatechnologyTikToktourismtouristTwitterwarxYoutube
Comments (0)
Add Comment