अनलाइन जुवा खेलाउने कम्पनी प्रमोट गर्दै कमेडियन सजन,

०९ मंसिर, काठमाडौं । रियाक्सन भिडियो बनाउँदा बनाउँदै कमेडियनको छवि बनाएका सजन श्रेष्ठ कमेडी क्लवविथ च्याम्पियन बन्द भएपछि युट्युब टकशोतिर सक्रिय छन्।

छोटो समयमै  भ्युज राम्रै पाइरहेको छ उनको पडकास्टले। पडकास्ट भनिने उनको भिज्योल टक शोमा फिल्म प्रमोसनका लागि कलाकार समेत आउन थालेका छन्। उनले रियाक्सन भिडियो बनाउन पनि छाडेका छैनन्।

तै पनि किन दिमाग खराब भएको हो कुन्नि उनी अहिले आफ्नो युट्युब च्यानलबाट अनलाइन जुवामा सक्रिय कम्पनीको प्रमोसनमा संलग्न भएका छन् प्रोमो कोड प्रयोग गर्दै।

यस अगाडि यस्तै मुर्खतागर्दा बल्छी धुर्वेसहितका कमेडियनहरु प्रहरी हिरासत पुगेर अहिले अदालतबाट धरौटीमा छुटेका छन्। सजनले भने आफ्नो रियाक्सन भिडियोमा त्यही वनएक्सबेटको विज्ञापन राखेका छन् वनएक्सब्याट भन्दै।

सजनले बेटिङ कम्पनीको सरोगेट कम्पनी वनएक्सब्याटलाई एकदम विश्वसनीय स्पोर्स्ट न्युज साइट भन्दै आफ्नो रियाक्सन भिडियोमा प्रवर्धन गरिरहेका छन्।

वनएक्सबेटले अहिले वनएक्सब्याट स्पोर्टिङको रूपमा नयाँ साइट ब्रान्डिङ गर्ने प्रयास गरिरहेको छ। जसलाई सजन जस्ता ‘चेतनशील’ कलाकारले केही रकमका लागि प्रमोट गरिरहेका छन्।

सजनका अनुसार उनको रियाक्सन भिडियो नै वनएक्सब्याटले स्पोन्सर्ड गरेको हो।

 उनी वनएक्सब्याटको एप डाउनलोड गर्न आफ्ना दर्शकलाई प्रोत्साहित गरिरहेका छन्। उनले भिडियो तल वनएक्सब्याटको लिङ्कसँगै प्रोमो कोड राखेका छन् सजन भनेर।

यसरी झुक्काउँछ वनएक्सले
वानएक्सबेट अनलाइन गेमिङ साइट हो। यसले खेलको पूर्वानुमान गर्दै पैसा लगाउनेदेखि अनेक खालको अनलाइन जुवा खेलाउँछ।

अनलाइन जुवा वैध भएको देशमा सामान्य भइहाल्यो। तर अनलाइन जुवा वैध नभएको तर जुवाका लागि उर्वर भएको नेपालजस्तो देशमा भिज्न उनीहरूले उस्ताउस्तै सुनिने नयाँ कम्पनी बनाएर सक्रिय हुन्छन्।

वनएक्सबेटको साटो उनीहरूले सरोगेट कम्पनी खोल्छन् जसको उद्देश्य अनलाइन बेटिङ अवैध भएको देशमा वैध होस्। त्यसका लागि यो कम्पनीले न्युजको नाम प्रयोग गर्ने गरेको छ।

स्पोर्ट्स न्युजपोर्टल भन्दै वनएक्सब्याट खोलेर वनएक्सबेटले अनलाइन जुवा प्रतिबन्ध भएको नेपाल, भारत अनि पाकिस्तान, श्रीलङ्का लगायतका देशमा आफ्नो ब्रान्ड प्रमोट गर्दै आएका छन्।

उस्तै नाम र लोगो मिल्नेगरी ई लाई ए राखेर वानएक्सब्याट ल्याउनुको उद्देश्य त्यही नै देखिन्छ। तर यो वनएक्सबेट नै हो।

1xbat.com मा जाँदा 1xbet.com कै पोर्टलमा पुर्याउँछ जहाँ अनलाइन जुवालाई नै प्रवर्धन गरिएको छ। पछि वनएक्सब्याटस्पोर्टिङको नाममा आयो। यो हेर्दा न्युज पोर्टलजस्तो देखिन्छ जसलाई प्रयोग गर्दै जुवा प्रतिबन्धित देशको प्रभावशाली प्रतियोगितामा स्पोन्सर्ड गरेर प्रचार पनि गर्छन्, खेलाडी अनि सजनजस्ता इन्फ्लुएन्सरको सहयोग पनि लिन्छन्।



मल्टिमिडिया ग्यालरी

businessComedy ChampiondigitalDigital NewspaperdigitalkhabarelonmuskFacebookGaneshInternationalixbetkhabarMountainnepal governmentPokharaPoliticspopkorn mediapopkornmediapopkorntvpromoRasifalSajan Sharesthatapaiko aajatechnologyTikToktourismtouristTwitterxYoutube
Comments (0)
Add Comment