फिफा विश्वकप २०२६ छनाेटमा नेपाल युएईसँग ४-० ले पराजित

०१ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ।

पहिलो हाफमा यूएईले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरेपछि नेपाल ४-० ले पराजित भएको हो। घरेलु टोलीको जितमा कप्तान अलि मखबूटले दुई गोल गरे भने खलीफा अल-हम्मादि र फावियो लिमाले १-१ गोल थपे।

खेल अवधिभर नै यूएईले नेपाललाई दबाबमा राखेको थियो। चोटका कारण लाकेन लिम्बुलाई गुमाएपछि उनको स्थानमा आएका अमृत श्रेष्ठका लागि खेल बिर्सनलायक बन्यो। १८ औं मिनेटमा मैदान प्रवेश गरेका अमृतले पहेंलो कार्ड र दुई गोलमा गल्ती गरेपछि हाफ टाइममा बाहिरिएका थिए। उनको स्थानमा योगेश गुरुङले अवसर पाएका थिए।

दोस्रो हाफमा नेपालले दबाब खेपेपनि गोल भने खाएन। पहिलो हाफको तुलनाम दोस्रो हाफमा नेपालले काउन्टर अट्याकमा केहि अवसर पनि सिर्जना गरेको थियो। तर त्यसलाई गोलमा परिणत गर्न भने टोली असफल रह्यो। १० औं मिनेटमा युएईले खेलमा अग्रता लियो। अलि अम्रोको क्रसमा खलीफा अल-हम्मादिले हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाए।

१३ औं मिनेटमा नेपालका लेफ्ट ब्याक चौधरीले बक्स बाहिर बाट आफ्नो कमजोर खुट्टाले गरेको प्रहार पोस्टको धेरै माथिबाट बाहिरियो। २६औं मिनेटमा अब्दल्लाह बेखितको थ्रु-पासमा काइओ कोरेयाको प्रहार किरण चेम्जोङले बक्सको छेउमा आएर बचाए।

२९औं मिनेटमा फाबियो लिमाको फ्री-किक प्रहार किरण चेम्जोङले पुनः बचाए। त्यस लगत्तै उनकै बक्स बाहिरबाट गरेको प्रहारले भने पोस्टको दिशा लिन सकेन।

खेलमा तीन खेलाडीले डेब्यु गरेका थिए। रक्षक छिरिङ लामाले सुरुवाती रोजाइमा रहेरै डेब्यु गरेका थिए भने रक्षकद्वय योगेश गुरुङ र अन्जन राईले बेन्चबाट मैदान प्रवेश गरे। नेपालले छनोटको दोस्रो खेलमा यमनविरुद्ध नोभेम्बर २१ मा काठमाडौँमा खेल्नेछ। यस समूहमा नेपालसँगै यमन, यूएई र बहराइन छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarPolitic
Comments (0)
Add Comment