मङ्सिर महिना श्रवण !

३० कार्तिक, काठमाडौं । मिति २०८० साल मङ्सिर १ गते शुक्रबार वृश्चिक (मार्गशिर्ष)संक्रान्ति ,पिंगला नामसंवत्सर, दक्षिणायन ,हेमन्तऋतु कार्तिक शुक्लपक्ष चतुर्थी तिथी बिहान ११ / ३९ बजेसम्म त्यस उप्रान्त पंचमी तिथी आरम्भ पूर्वषाढा नक्षत्र ,शूल योग ,बव करण ,श्रीसूर्यनारायण मङ्सिर १ गते अपरान्ह: १ / २१ बजेबाट तुला राशि समापन गरेर वृश्चिक राशिमा प्रवेश गर्नुहुनेछ भने शरदऋतु समापन भएर हेमन्तऋतु आरम्भ हुनेछ।त्यसैले यो दिनलाई विष्णुपदी नाम गरेको वृश्चिक संक्रान्ति भनिन्छ।

यो महिनाको देवताको नाम केशव ,देवीको नाम विशालाक्षि ,सूर्यको नाम मित्र हो। यो दिन वृश्चिक राशिमा सूर्य: धनु राशिमा चन्द्र: र मेष राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेछ।यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको} गरेको फल प्राप्त हुने छ।
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment