शुक्र अस्तमा पहिलो पटक मन्दिर र तीर्थ जान हुन्छ कि हुँदैन गुरू भनेर भक्तहरुको जिज्ञासा भएकोले हामिहरूले पनि बुझेर कार्य गर्नु पर्दछ!

२० वैशाख, काठमाडाैं । शुक्र अस्तको बेला पहिलो पटक मन्दिर र तीर्थ यात्रा, आदि कुरा त्याज्य बताईएको छ। यसैगरी गयाश्राद्ध र गोदावरीको यात्रा भने गर्दा हुन्छ भन्ने वायुपुराणले बताएको छ।

न त्यक्तव्यं गयाश्राद्धं सिंहस्थे च वृहस्पतौ ।
अधिमासे सिंहगुरावस्ते च गुरुशुक्रयोः ।
तीर्थयात्रा न कर्तव्या गयां गोदावरीं विना ।। (वायुपुराण)

अर्थात् – गुरु शुक्रको अस्तमा गयाश्राद्ध र गोदावरी यात्रा वाहेक अन्य यात्रा नगर्नू भनिएको छ ।
प्रमादवश गरेमा अनिष्टफल भोग्नु पर्ने कुरा मुहूर्तचिन्तामणि पीयूषधारा टीकामा उल्लेख गरिएको छ ।

तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्य व्यवस्थितौ। (गीता )

अर्थात – तिमीले के गर्नु हुन्छ, के गर्नु हुँदैन यसको निर्णय शास्त्रले दिनेछ।तिमीले शास्त्रको आज्ञा मान्नैपर्छ।

य:शास्त्रविधिमुत्सृज्य वर्तते कामकारत:।
न स सिद्धिमवाप्नोति न सुखं न परां गतिम्।(गीता)

अर्थात – जो शास्त्रको कुरा मान्दैन ,उसले न यो लोकमा सुख पाउँछ,न परलोकमा नै सुख पाउँछ,न त परागति नै प्राप्त गर्न सक्छ। त्यसैले शुक्र अस्तको बेलामा तीर्थ यात्रा गर्नु कसैले पनि हुँदैन।
पं-बालमुकुन्द देवकोटा



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment