क्रिकेट विश्वकपमा आज भारत र श्रीलंकाको भिडन्त

१६ कार्तिक, काठमाडाैं । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र श्रीलंकाबीच खेल हुदै छ । मुम्बईको वाङखडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुने छ ।

जारी क्रिकेट विश्वकपमा भारतले अहिलेसम्म खेलेका ६ खेलमै जित हासिल गरेर अपराजित गरेको छ भने श्रीलंकाको विश्वकपमा प्रदर्शन राम्रो हुन सकेको छैन । अहिलेसम्म खेलेका ६ खेलमा ४ खेलमा हार बेहोरेको श्रीलंकाले केवल २ खेल जितेको छ । हाल अंकतालिकामा सातौं स्थानमा रहेको श्रीलंकाले अब बाँकी रहेका तीन खेलमा जित हासिल गरे मात्र सेमिफाइनलको सम्भावना रहने छ । त्यस्तै भारतले भने यो खेल जितेमा सेमिफाइनलको यात्रा सुनिस्चित हुने छ ।

मुम्बईको वाङखडे मैदानमा हुने भारत र श्रीलंकाबीचको यस खेल,लाई २०११ विश्वकपको फाइनल खेलको रिमेक खेलको रुपमा बर्णन गरिएको छ । फाइनलमा श्रीलंकालाई पराजित गर्दै भारतले दोस्रो पटक विश्वकप जितेको थियो ।

भारत र श्रीलंकाबीच अहिलेसम्म १६७ एकदिवसीय खेल भएका छन् । जसमा भारतले ९८ खेल जितेको छ भने श्रीलंकाले ५७ खेलमा जित हासिल गरेको छ । त्यसैगरी ११ खेलको नतिजा आएको छैन भने एक खेल बराबरीमा सकिएको थियो ।

एशियाका चिरपरिचित प्रतिद्वन्दी मानिने भारत र श्रीलंकाबीचको यो खेलले भारतको सेमिफाइनल यात्रा तय गर्ने छ भने श्रीलंकाको विश्वकप यात्राको टुंगो लगाउने छ ।

यस खेलमा पनि भारतका अलराउण्डर हार्दिक पाण्डेय उपलब्ध हुने छैनन । मिडिया रिपोर्टका अनुसार भारको सेमिफाइनल पुग्ने सम्भावना बढी रहेकोले उनलाई सेमिफाइनलमा पात्र खेलाउने भारतको रणनीति रहेको छ ।

श्रीलंकाको सम्भावित प्लेइङ ११- कुसल मेन्डिस (कप्तान), दिमुथ करुनारत्ने, पथुम निसान्का, सदिरा समरविक्रमा, चारिथ असालान्का, धनन्जया डी सिल्भा, एन्गोलो म्याथ्युस, महीश थिकक्षना, कसुना रजिथा, दुशमन्थ चामीरा र दिलशान मधुशानका ।

भारतको सम्भावित प्लेइङ ११- रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सुर्यकुमार यादव, रविन्द्र जडेजा, मोहमद शामी, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराज ।



मल्टिमिडिया ग्यालरी

businessCricketdigital khabarIndianepalNewsSrilankaWorldcup
Comments (0)
Add Comment