दाङमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास, नाबालकसहित ५ जना पक्राउ

२३ जेठ, काठमाडौं । दाङमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको छ। बलात्कार उद्योगको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

पक्राउ परेकामध्ये २ जना १६ वर्ष मुनिका नाबालक छन्। बाँकी ३ जनामा दाङको गढवा गाउँपालिका–६ बस्ने १८ वर्षीय दिसान अहमद, गढवा–५ का २० वर्षीय सोहोल भनिने सहले खान र कपिलवस्तुको शिवराज नगरपालिका–११ मैतहवा घर भइ गढवा–६ बस्ने ३० वर्षीय जावेद भनिने जादिब अलि नाउ छन्।

यो समूहले राप्ती गाउँपालिकाकी एक १२ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको पाइएको दाङका डीएसपी राजनकुमार गौतमले बताए। उनीहरुले यही जेठ १४ गते ती बालिकालाई रातको समयमा बलात्कार प्रयास गरेको पाइएको गौतमले बताए।

गढवा–६ बुद्धज्योति टोलस्थित निरुता परियारको घरको कोठामा ती बालिकालाई मोटरसाइकलमा हालेर लमही नगरपालिका–५ रातोडाँडा पुर्‍याएर बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनाविरुद्ध जबरजस्ती करणी उद्योगमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment