अष्ट्रेलियन केन्द्रीय बैंकले बढायो ब्याजदर, ११ वर्ष यताकै उच्च विन्दुमा

२३ जेठ, काठमाडाैं । अष्ट्रेलियन केन्द्रीय बैंक–रिजर्भ बैंक अफ अष्ट्रेलियाले ०.२५ प्रतिशतले ब्याजदर वृद्धि गरी ब्याजदर ४.१ प्रतिशतमा कायम गरेको छ । जुन ११ वर्ष यताकै उच्च हो ।

मुद्रास्फीति दर बढ्दै गएपछि सो नियन्त्रणका लागि अष्ट्रेलियाली केन्द्रीय बैंकले ब्याजदर बढाएको हो । अष्ट्रेलियाको हालको मुद्राीफीति दर ७ प्रतिशत रहेको छ र सन् २०२५ को मध्यावधिमा उक्त मुद्रास्फीति दर २–३ प्रतिशतसम्म ल्याउने हेतुले केन्द्रीय बैंकले ब्याजदर बढाउँदै गएको हो ।

मंगलबार ब्याजदर बढाउँदै केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण नहुँदा सम्म ब्याजदर बढाउने क्रम जारी राख्ने जनाएको छ । केन्द्रीय बैंकले मूल्यवृद्धि नियन्त्रणका लागि अपनाएको नीतिका कारण अष्ट्रेलियाली अर्थतन्त्र सुस्ताएको छ । पछिल्लो त्रैमासको तुलनामा चालु त्रैमासमा अष्ट्रेलियाको आर्थिक वृद्धि दर ०.३ प्रतिशतले खुम्चिएको छ।

पछिल्लो समयमा विश्वव्यापी रुपमा मुद्रास्फीति बढ्दै गएका कारण अधिकांश केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका छन् । युरोपियन केन्द्रीय बैंक, अमेरिकी केन्द्रीय बैंक, क्यान्डाको केन्द्रीय बैंक तथा बेलायती केन्द्रीय बैंकहरुले समेत आक्रामक शैलीमा ब्याजदर बढाउँदै गएका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment