जाल्पा सामुदायिक लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

२३ जेठ, काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

लघुवित्तको जेठ १४ गते आइतबार बसेको ९८ औं बैठकले चुत्ता पुँजीको १४.२५ प्रतिशतले हुन आउने बोनस सेयर अनुमोदन गरेको थियो ।

सोही बोनस सेयर आज मंगलबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ ।

सुचीकृत बोनस सेयर साधारण सभाकालागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहेका सेयरधनीको हितग्राही खातामा आएपछि नेप्से मार्फत कारोबार गर्न सक्नेछन् ।

वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ २३ गते बुक क्लोज गरिएको थियो । लघुवित्तको सेयरको ओपनिङ रेञ्ज १ हजार ४३४ रुपैयाँ देखि १ हजार ६३९ रुपैयाँ तोकिएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment