जब अमेरिकाको राजधानीमाथि उड्यो अज्ञात जहाज

२२ जेठ, एजेन्सी । आइतबार दिउँसो अमेरिकाको राजधानी वासिङ्टन डिसीका वासिन्दाले एउटा अनौठो आवाज सुने। त्यो आवाज यति ठूलो थियो त्यसले उनीहरूका घरसमेत हल्लाएको थियो।

मानिसहरू के भयो भनेर घरबाट बाहिर निस्किएका थिए।

द न्युयोर्क टाइम्सका अनुसार स्थानीय समयअनुसार दिउँसो तीन बजेतिर अमेरिकी सेनाका दुई वटा लडाकु जहाज सुपरसोनिक गतिमा उडेका थिए। डिसीको प्रतिबन्धित हवाई क्षेत्रमा आएको एउटा अज्ञात जहाजका पाइलटले उड्डयन प्राधिकरणका अधिकारीहरूसँग कुनै सम्पर्क नगरेपछि उक्त जहाजलाई लडाकु जहाजले पछ्याएका थिए।

ती लडाकु जहाज ७५० माइल/प्रतिघन्टाको गतिमा उडेका थिए। जसले गर्दा निकै ठूलो आवाज र आकाशमा आगोको झिल्का देखिएको थियो।

लडाकु जहाजले पछ्याएको केही समयमै उक्त अज्ञात जहाज दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्।

छिमेकी भर्जिनिया राज्यमा दुर्घटनामा परेको उक्त जहाज र त्यसमा सवार यात्रुहरूको खोजी भइरहेको छ।

उक्त जहाज इन्कोर मोटर्स अफ मेलबर्न कम्पनीको नाममा रहेको खुलेको छ। कम्पनीका मालिक जोन रम्पेलले जहाजमा आफ्नी छोरी, २ वर्षकी नातिनी र बच्चाकी सुसारे र पाइलट रहेको बताएका छन्।

रम्पेलका अनुसार उनीहरू नर्थ क्यारलाइनामा बिदा मनाएर न्युयोर्क फर्किँदै थिए।

जहाजका पाइलटले किन एयर कन्ट्रोलरले सम्पर्क गर्न खोज्दा जवाफ नदिनुको कारण के हो भन्ने खुलिसकेको छैन।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment