हेराल्ड र ज्ञान भुमिको जित

२० जेठ, काठमाडौं । हेराल्ड र ज्ञान भुमिले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेका छन् ।

हेराल्डले ह्वाइट माउन्टेनलाई २५–२२ तथा ज्ञान भुमिले बूढानीलकण्ठ आश्रमलाई १७–१३ ले पराजित ग¥यो । हेराल्डका सम्राट श्रेष्ठले १४ तथा ज्ञान भुमिका मदन मगरले ८ अंक जोडे ।

सिनियर ब्वाइजमै ग्रिनल्यान्डले साइपाललाई ६८–४९, टेरेसाले भद्रकालीलाई २५–२२ र एचएचसीएले मनास्लुलाई ३१–१९ ले हराए । ग्रिनल्यान्डका प्रवीण गुरुङले १९, टेरेसाका सञ्जय गोलेले ९ र एचएचसीएका डेभिड रईले ८ स्कोर गरे ।

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर गल्र्समा ग्रिनल्यान्डले टेरेसालाई २५–१८ तथा पृथ्वीले मनास्लुलाई ४०–३१ ले पाखा लगाए । ग्रिनल्यान्डकी श्रृशा गुरुङले ५ तथा पृथ्वीकी रुसेल मगरले १५ अंक बटुले ।

जुनियर ब्वाइजमा सेन्ट जोसेफले भद्रकालीलाई १४–१२ तथा बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले ग्रिनल्यान्डलाई १५–१४ ले पन्छाए । सेन्ट जोसेफका सन्जोग मगरले ५ तथा बीएनएका सिद्धार्थ शर्माले ९ स्कोर गरे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment