जीवन बीमा कम्पनीले लघुबीमा मार्फत वैशाखमा गरे पौने १७ करोडको व्यवसाय

१७ जेठ, काठमाडाैं । जीवन बीमा कम्पनीहरुले गत वैशाख महिनामा मात्रै १६ करोड ७९ लाख रुपैयाँ बराबरको लघु जीवन बीमा व्यवसाय गरेका छन् ।

जुन गत चैत महिनाको भन्दा ४४ करोड बढी हो । गत चैत महिनामा जीवन बीमा कम्पनीहरुले १६ करोड ३५ लाख रुपैयाँ बराबरको लघु जीवन बीमा व्यवसाय गरेका थिए ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कम्पनीहरुले प्रथम बीमाशुल्क बापत १५ करोड ८८ लाख रुपैयाँ संकलन गरेका छन् भने नविकरणीय बीमाशुल्क बापत ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

वैशाख मसान्तसम्ममा कम्पनीहरुले ८४ अर्ब ५१ करोड ५ लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार ४३८ वटा लघु जीवन बीमा पोलिसी जारी गरेका छन् ।

वैशाख महिनामा नेशनल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै लघु जीवन बीमा व्यवसाय गरेका छन् । प्राधिकरणको तथ्यांक अनुसार वैशाख महिनामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ५ करोड २३ लाख रुपैयाँ बराबरको लघु जीवन बीमा व्यवसाय गरेको छ । सो महिनामा कम्पनीले ४० हजार ९०० वटा पोलिसी जारी गरेको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले ४ करोड १ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । वैशाखमा मात्रै कम्पनीले २ लाख १७ हजार ५५६ वटा लघुजीवन बीमा पोलिसी बिक्री गरेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार चालु आवको वैशाख महिनासम्मा भने लघु जीवन बीमा बापत कूल एक अर्ब ९७ करोड १४ लाख बीमा शुल्क संकलन गरेका छन ।

कम्पनीहरुले एक अर्ब ८५ करोड २२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । नविकरणीय बीमा बापत ११ करोड ९२ लाख संकलन गरेका छन् । हालसम्म ४१ लाख ९५ हजार ९२६ वटा लघुबीमा पोलिसी सक्रिय रहेका छन ।

न्यून आय भएका व्यक्तिको लागि बिक्री गरिने थोरै बीमाकंको पोलिसीलाई लघु जीवन बीमा पोलिसी भनिन्छ । सरकारले न्यून आय भएका व्यक्तिलाई पनि बीमाको दायरामा समेटन लघु जीवन बीमा पोलिसी सञ्चालनमा ल्याएको हो । प्राधिकरणले लघु बीमा पोलिसी मात्रै विक्री गर्ने गरी नयाँ कम्पनी स्थापनाको लागि अनुमति समेत दिइसकेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment