पहिलो टी-२० मा नेपाल ५ विकेटले पराजित

१५ जेठ, काठमाडौं । पहिलो टी-२० मा नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित भएको छ ।

मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्री सीता राना मगरले समान २-२ विकेट लिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनाउन सकेको थियो । नेपालका लागि सम्झना खड्काले १३ र ज्योती पाण्डेले ११ रन बनाइन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा मलेसियाकी निक नुर अटिइलाले ३ र महिराहले २ विकेट लिएकी थिइन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment