सोमबार सुन-चाँदीको भाउ कति ?

१५ जेठ, काठमाडाैं । छापावाला सुन आज सोमबार १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको भाउ आज १ लाख ७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको भाउ पनि हिजोको तुलनामा स्थिर बनेको छ । हिजो १३ सय ६० रुपैयाँ कायम भएको चाँदी आज पनि सोही भाउमा कायम छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९४५ दशमलव ८६ पैसामा कारोबार भइरहेको छ भने चाँदी २३ रुपैयाँ २४ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilvernepalNews
Comments (0)
Add Comment