कति छ आज पानी पर्ने सम्भावना?

१३ जेठ, काठमाडाैं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार शनिवार दिउँसो कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा देशका अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरुका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिवार राति देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही देशका अन्य भूभागको मौसम सामान्य रहने महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment