कारहरुको माग बढ्दै गएपछि युरोपमा फ्याक्ट्री खोल्ने तयारीमा बीवाइडी

१२ जेठ, काठमाडाैं । चिनियाँ विद्युतीय कार निर्माता कम्पनी–बीवाइडीले युरोपमा फ्याक्ट्री स्थापनाका लागि विभिन्न स्थानहरुको सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

फ्रान्समा विद्युतीय कार उत्पादन बढाउन इच्छुक रहेका पदाधिकारीसँगको वार्तापछि बीवाइडीले उक्त घोषणा गरेको हो । पछिल्लो समयमा बीवाइडीले अन्तराष्ट्रिय बजार विस्तारका लागि विभिन्न क्षेत्रको अध्ययन गरिरहेको छ ।

सन् २०२३ मा बीवाइडीले थाइल्यान्डमा कार उत्पादन प्लान्टको निर्माण सुरु गरेको छ। यो प्लान्ट बीवाइडीको चीन बाहिरको पहिलो अन्तराष्ट्रिय प्लान्ट हो । थाइल्यान्डमा निर्माण हुँदै गरेको उक्त प्लान्टमा सन् २०२४ बाट उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । वार्षिक १ लाख ५० हजार कार उत्पादन गर्न सक्ने प्लान्टको क्षमता रहेको छ ।

थाइल्यान्डमा निर्माण हुँदै गरेको उक्त प्लान्टमा उत्पादन सुरु भएपछि दक्षिण पूर्वी एशियाली राष्ट्रहरुमा कारहरुको बिक्री वितरण बढ्ने आकलन कम्पनीले गरेको छ।

हाल बीवाइडी चीनको शीर्ष विद्युतीय कार निर्माता कम्पनीमा सूचीकृत भएको छ । पछिल्लो ४ महिनामा कम्पनीले ७ लाख ६२ हजार ३७१ कारहरुको बिक्री वितरण गरिसकेको छ । जुन वार्षिक रुपमा ९१.८३ प्रतिशतले धेरै हो ।

अन्तराष्ट्रिय स्तरमा उत्पादन वृद्धिका लागि अध्ययन गरिरहेको बीवाइडीका कारहरुको माग विश्वभर बढ्दै गएको छ ।

जर्मन कार निर्माता सिक्ट इंक्डले सन् २०२८ सम्ममा बीवाइडीको एक लाख कार खरिद गर्ने जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment