तातोपानी नाकाबाट नेपाल भित्रियो रासायनिक मल 

०७ जेठ, काठमाडौं । उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन सुरु भएको छ। तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिव ३५ हजार टन रासायनिक मल भित्रिएको हो।

साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ। सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी रहेको बताए।

उनले यसअघि नै ट्रान्सपोर्टले ३५ सय टन कृषि समग्री र ४ हजार टन साल्ट ट्रेनिङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाइ सकिएको बताए। उनले केही समय अघि नै आउनुपर्ने मल कोभिडको कारणले रोकिएकाले अहिले आएको बताए।

तातोपानी भन्सारको मल राख्ने क्षमता ७ हजार १०० टन रहेकाले अहिलेको लागि त्यति बराबरको मल ल्याउने तयारी गरेको बताए। बाँकी मल चीनको सिगात्सेमा ल्याएर राखिएको उनले जानकारी दिए। तातोपानी नाकाबाट पछिल्लो ५ दिनमा दैनिक ९ वटासम्म मलका कन्टनर उनले बताए।

रासायनिक मल चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट तातापानी नाकासम्म कन्टेनरमार्फत् मल ल्याइएको सिल्क कम्पनीले जानकारी दिएको छ। तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदेयसिंह बिष्टले खाद्यान्न, लत्ताकपडा,
इलेक्ट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेकामा पछिल्लो साता रासायनिक मल आयात भइरहेको बताए।

उत्तरी नाकाबाट पनि रासायनिक मल भित्रिएकाले यो वर्ष कृषकहरुले समयमै मल पाउने देखिएको छ। चीनबाट मल ल्याउन साल्ट ट्रेडिङले आह्वान गरेको ग्लोबल टेन्डरमार्फत् सिल्कले अनुमति पाएको थियो। भारत हुँदै ल्याउने मलको विकल्पमा गत वर्षदेखि तातोपानी नाकाबाट मल ल्याउन थालिएको छ।

भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्य रुपमा एकतर्फ रुपमा सञ्चालनमा आइरहेको थियो। तर गत मे १ तारिकदेखि आयात निर्यातको लागि नाका सञ्चालनमा आएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment