प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

०१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।

२ नेताबीच सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटका क्रममा संसद्‌को चालु (बजेट) अधिवेशन प्रभावकारी बनाउने विषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ।

यस्तै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि संसद्‌को संयुक्त बैठक कहिले बस्ने भन्ने विषयमा पनि छलफल भएको जनाइएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment