सुडानमा रहेका नेपालीलाई सुरक्षित स्थानमा रहन सरकारको आग्रह

१८ वैशाख,काठमाडौं । सरकारले सुडानमा रहेका नेपालीलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले सुडानमा रहेका रहेका नेपाली नागरिकहरुको सुरक्षा र उद्धारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको भन्दै सुरक्षित स्थानमा रहन र दूतावासको सम्पर्कमा आउन आग्रह गरेको हो ।

परराष्ट्रका अनुसार सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखिएको छ ।

साथै, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरु बाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिकहरु नेपाली राजदूतावास, कायरोसँग सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment