यौन हिंसा रोक्न युएन वुमनको आग्रह

०९ बैशाख, एनेन्सी। लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनले सुडानी महिला तथा युवतीहरूमा युद्धले नकारात्मक असर पारेको जनाउँदै यौन हिंसा हुननदिन तथा त्यसविरुद्ध कारबाही गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

“युएन वुमन सुडानमा जारी द्वन्द्वबाट हामी गम्भीर रूपमा चिन्तित छौँ, हामी हाम्रा साझेदारहरूका साथ छौँ युद्धले सुडानी महिला र युवतीको जीवनमा पनि गम्भीर प्रभाव पारेको छ ।

हामी सुडानका जनतासँग ऐक्यबद्धता जनाउँछौँ, महिलाहरूलाई हिंसामुक्त राख्न प्रतिबद्ध रहनुहोस्, “लैङ्गिक समानतामा समर्पित उक्त निकायकी कार्यकारी निर्देशक सिमा बहौसले एक विज्ञप्तिमा भनेकी छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment