ढाकाप्रसाद श्रेष्ठलाई हटाएको पत्र रास्वपाले संघीय संसद् सचिवालयमा दर्ता गरायो

०१ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २ करोड घुसको डिल गरेका सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निष्काशन गरेको पत्र संघीय संसद् सचिवालयलाई बुझाएको छ।

रास्वपा संसदीय दलका नेता डोलप्रसाद अर्यालले संघीय संसद् सचिवालयका महासचिव भरत गौतमलाई सम्बोधन गर्दै श्रेष्ठलाई पार्टीको हित र संसद्को मर्यादा विपरीत काम गरेको पाइएकाले कारबाही गरी हटाएकाले निलम्बन गरिदिन हुन भनि पत्र लेखेको हो।

रास्वपाले लेखेको पत्र बिहीबार संसद् सचिवालयमा दर्ता भएको संघीय संसद्का प्रवक्ता एकराम गिरीले बताए। प्रतिनिधि सभा सदस्य श्रेष्ठलाई पार्टीले २०७९ चैत्र २९ गते विधानको व्यवस्थाअनुसार कारबाही गरेको जानकारी अर्यालले संसद् सचिवालयलाई गराएका छन्।

केन्द्रीय समितिको बैठकले पार्टी विधानको धारा ५६ बमोजिम पार्टी सदस्य तथा प्रतिनिधि सभा सदस्य श्रेष्ठलाई पार्टीको साधारण सदस्य तथा सांसद पदबाट हटाएको भनिएको छ।

उक्त निर्णय बमोजिम सांसद पद रिक्त हुने भएकाले उक्त रिक्त पदमा कानुनबमोजिम पद पूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइदिन पत्रमा अनुरोध गरिएको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम उक्त दाबी रास्वपाले गरेको हो। सचिवालयले सबै कानुनी प्रक्रिया अध्ययन गरेर सभामुखसमक्ष पत्र पेस गर्ने प्रवक्ता गिरीले बताए। सभामुखले पत्र स्वीकार गरेर संसद् हुँदै निर्वाचन आयोग पुगेपछि उक्त स्थानमा अर्को सांसद पठाउन पाइने छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment