भारतमा फेरि बढ्यो कोरोना संक्रमण

१७ चैत, काठमाडौं । भारतमा कोरोना संक्रमण बढ्न थालेको छ। बितेको २४ घन्टामा कुल सक्रिय संक्रमितको संख्या १५ हजार २०८ पुगेको छ। १ लाख १८ हजार मानिसको परीक्षण गरिएको थियो। समाचार एजेन्सीका अनुसार भारतमा बिहीबार लगभग ३ हजार नयाँ संक्रमित फेला परेका छन्।

दिल्लीमा तीव्र गतिमा कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भएको छ। दिल्लीमा २४ घन्टामा ९३२ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै नयाँ संक्रमित महाराष्ट्रमा पाइएको छ। महाराष्ट्रमा ५१० जना नयाँमा कोरोना संक्रमण पुष्टि भएको थियो।

दिल्लीका स्वास्थ्य मन्त्री सौरभ भारद्वाजले शुक्रबार मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना बारेमा छलफलका लागि बैठक बोलाएको जानकारी दिए। भारद्वाजले १० प्रतिशतभन्दा धेरै संक्रमित फेला पर्न थालेको बताए। उनले आत्तिनुपर्ने अवस्था नभएको तर स्वास्थ्य मापदण्ड पालना गर्ने, मास्क लगाउने र परीक्षणका लागि अस्पताल जान आग्रह गरे।



मल्टिमिडिया ग्यालरी

nepalNews
Comments (0)
Add Comment