कमल थापा भन्छन्– मुलुकमा अनैतिक, अमर्यादित र अशोभनीय गतिविधि बढे

१२ चैत, भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरुप्रति आम जनतामा बितृष्णा मात्र नभइ, विस्तारै घृणा बढ्न थालेको टिप्पणी गरेका छन्।

महिनैपिच्छे समीकरण फेरबदल गर्दै सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुने अनैतिक, अमर्यादित र अशोभनीय गतिविधिले जनतामा आक्रोश पैदा भएको थापाको भनाइ छ।

काठमाडौं उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियानअन्तर्गत भक्तपुरको मध्यपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्ट, अनैतिक र असफल भनेर भनिएका दलहरूसंग सत्ता गठबन्धन बनायर ब्रम्हलुटमा सँगै सम्लग्न हुनुले नयाँ उदय भएका दलहरुप्रतिको भरोसा पनि टुटेको बताए। सत्ता र शक्ति केन्द्रित भएका ठूला दलहरुकै बाटोमा हिँड्ने कामले बिकल्प दिन नसक्ने थापाको भनाइ छ।

जनतालाई जीवन धान्न गाह्रो भएको बिषयले भन्दा पनि सत्तारोहणको बिषयले महत्त्व पाउनुबाट नयाँ विकल्प भनिएका दलबाट जनता निराश भएको थापाले उल्लेख गरे। अध्यक्ष थापाले मुकुक डरलाग्दो आर्थिकसंटकतिर गइरहेको भन्दै चिन्ता व्यक्त गरे।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNews
Comments (0)
Add Comment