समावेशी लोकतन्त्रको सिद्धान्तअनुसार सञ्चार नीति ल्याउन एमाले उपमहासचिव गुरुङको आग्रह

०९ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सरकारले सामुदायिक रेडियोको लागि छुट्टै कानुन बनाउनुपर्ने बताएका छन्।

बिहीबार सामुदायिक रेडियो प्रशारक संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले समावेशी लोकतन्त्रको सिद्धान्तमा टेकेर सरकारले सामुदायिक रेडियोको संरक्षणका लागि सञ्चार नीति बनाउनुपर्नेमा जोड दिए।

उनले अहिलेको परिस्थितिअनुसार नीतिहरू निर्माण हुनुपर्ने बताउँदै कानुन परिवेशअनुसारका कानुन निर्माण गर्न आग्रह गरे। उनले नेपालको सञ्चार नीति बदलिँदो परिस्थितिअनुसार नरहेको समेत टिप्पणी गरे।

सञ्चारनीतिमा टेकेर सामुदायिक रेडियोको लागि सरकारले कानुन ल्याएमात्रै सामुदायिक रेडियोहरू व्यवस्थित हुनसक्ने बताए। उपमहासचिव गुरुङले सामुदायिक रेडियोलाई कसरी संरक्षण गर्ने भन्ने बारेमा राज्यको विशेष भूमिका हुन आवश्यक रहेको बताए।

उपमहासचिव गुरुङले राज्यले सामुदायिक रेडियोको संरक्षणका लागि विधेयक ल्याउँदा रेडियो संरक्षणका लागि आफ्नो पार्टी सदैव अग्रसर रहने प्रतिवद्धता जनाए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment