क्रिकेट प्रशिक्षक मोन्टीको तलब २० प्रतिशत बढ्यो, अब मासिक १२ हजार डलर

०९ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको तलब बढाइएको छ। नेपाल क्रिकेट संघ क्यानले देसाईको तलब बढाएको हो।

उनले थाप्दै आएको तलबको २० प्रतिशत बढाउँदै क्यानले मासिक १२ हजार डलर तलब पुर्‍याएको छ। यसअघि देसाईले मासिक १० हजार डलर तलब थाप्दै आएका थिए। एकदिवसीय मान्यता जोगाएको अवस्थामा मात्रै देसाईको तलब वृद्धि गरिने सम्झौताअनुसार तलब बृद्धि गरिएको क्यानले जनाएको छ।

मोन्टीकै प्रशिक्षकत्वमा नेपालले एकदिवसीय मान्यता जोगाउनुका साथै विश्वकप छनोट खेल्नका लागि समेत नेपाल छानिएको छ। बढेको तलब अप्रिल १ बाट कार्यान्वयनमा आउने बताइएको छ।

देसाई गत माघ २३ गते प्रशिक्षकमा नियुक्त भएका थिए। देसाई प्रशिक्षक भएपछि नेपालले खेलेका १२ खेलमध्ये ११ मा जित निकालेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment