चार किलो चरेससहित दुई नेपाली भारतमा पक्राउ

०८ चैत, दार्चुला । भारतको उत्तराखण्ड प्रहरीले करिब ४ किलो चरेससहित दुई जना नेपालीलाई पक्राउ गरेको छ।

उत्तराखण्ड प्रहरीको विशेष अपरेसन समूहले धारचुला तहसिल नयाँबस्तीबाट महाकाली नगरपालिका-६ पौनेखोलाका ३० वर्षीय उमेश बहादुर पाल र दुहु गाउँपालिका-१ पिपौलचौरीका २६ वर्षीय रवि कुँवरलाई पक्राउ गरेको हो।

प्रहरीले तीन किलो ६८० ग्राम चरेससहित उनीहरुलाई सोमबार बेलुकी ७ बजेतिर पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्टअन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले जनाएको छ।

बरामद गरिएको चरेस दार्चुला नाकाबाटै भारत लगिएको आशंका गरिएको छ। भारतको धारचुला क्षेत्रमा चरेससहित दुई जना पक्राउ परेको खबरपछि खलंगास्थित सीमा नाकाको चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment