सुनको भाउ एकैदिन तोलामा दुई हजार रुपैयाँ घट्यो

०८ चैत, काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ रहेको छ ।

मंगलबार छापाला सुनको भाउ १ लाख ९ हजार ८ सय रुपैयाँ थियो । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा एक लाख १० हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च पुगेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १९३९.०३ डलर तथा चाँदी प्रतिऔंस २२.३५ डलरमा कारोबार भइरहेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment