संवैधानिक आयोगहरु जागिर खाने थलोका रुपमा विकास भए : गणेशप्रसाद तिमिल्सिना

०७ चैत, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरुका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरुलाई जागिर खाने थलोको रुपमा विकास गर्न नहुनेतर्फ पनि सचेत गराए। मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरुले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पारे।

अध्यक्ष तिमिल्सिनाले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगहरुलाई आग्रह गरे।

संवैधानिक आयोगहरु अनन्त कालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्षभित्रै त्यसको आवश्यक नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराए।

उनले आयोगका लागि आवश्यक स्रोत, साधानको व्यवस्था गर्ने काममा कन्जुस्याई नगर्न सरकारकोसमेत ध्यानाकर्षण गराए। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकका हक, अधिकारको संरक्षण र सम्वर्द्धन गर्न आयोग प्रतिबद्ध रहेको बताए।

उनले सबै संवैधानिक आयोगहरुसँग सहकार्य र समन्वय गरेर आयोगले आफ्नो कामलाई अघि बढाइरहेको दाबीसमेत गरे। अध्यक्ष मगरले मानव अधिकारको संरक्षणका लागि सबै संवैधानिक आयोगसँग मिलेर काम भइरहेको पनि स्मरण गराए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment