कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

०७ चैत, धनगढी । कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २८ जना घाइते भएका छन्।

से १ त ८८७० नम्बरको ट्र्याक्टर सोमबार राति जोशीपुर गाउँपालिका–७ हजारी भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

दुर्घटनामा परी भजनी नगरपालिका–९ का १५ वर्षीया चाहना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए। उनीहरुको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार ट्र्याक्टरमा बर्दगोरिया गाउँपालिका–६ सुगरखालस्थित आफन्तको घरबाट पास्नी भोज खाएर फर्किरहेकाहरु सवार थिए।

दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का कृष्णीदेवी डङ्गौरा, रत्ना चौधरी, आशादेवी डङ्गौरा, विपिन चौधरी, फूलराम चौधरी, हीरा चौधरी, रीता चौधरी, क्षितिज चौधरी, रीया चौधरी, वीरेन्द्र चौधरी, सानु चौधरी, अपेक्षा चौधरी, सविन चौधरीको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा दोहती डङगौरा, पेपी डङगौरा, ज्योति चौधरी, मगलु चौधरी, मेदी डङ्गौरा, रुपा, मधु, हिमान्सु, रिदिम, अनिता, तुन्नी, आरोही, ओलीचरण र रिवस चौधरी पनि घाइते भएका छन्।

दुर्घटनापछि ट्र्याक्टर चालक सुरज चौधरी फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment