उपराष्ट्रपति निर्वाचनको मतदान अपडेट: ४०९ जनाले गरे मतदान

०३ चैत, काठमाडौं । उपराष्ट्रपति पदका लागि शुक्रबार बिहान १० बजेबाट सुरु भएको मतदान जारी छ। पछिल्लो अपडेटअनुसार बिहान ११:३५ बजेसम्म संघीय र प्रदेश सांसद गरी ४०९ जनाले मतदान गरेका छन्।

संघीय संसद् मतदान केन्द्रमा १५८ र प्रदेश सभा मतदान केन्द्रमा २५१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

संघीय संसद् केन्द्रमा ३३२ जनाले मतदान गर्ने छन् भने प्रदेश सभा मतदान केन्द्रमा ५५० जनाले मतदान गर्नेछन्।

बिहान १० बजेबाट सुरु भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहने छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment