सप्तरीमा ट्रक र विङगर ठोक्किंदा १४ जना घाइते

२ चैत, जनकपुरधाम । सप्तरीमा ट्रक र विङगर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

बुधबार मध्यराति सप्तरीको रुपनी गाउँपालिका ६ जगमोहन स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख २६०८ नम्बरको ट्रक र विपरीत दिशातर्फ आउँदै गरेको बा.०१-०२८ च २२१५ नम्बरको विङगर एक आपसमा ठोक्किएका हुन ।

घाइते हुनेहरुमा सबै विङगरमा सवार चालक र यात्री छन् ।

घाइेहरुमा विङगर चालक सिराहाको लहान नगरपालिका-२४ मनहरबाका ३५ वर्षीय दिलीपकुमार राम, २३ वर्षीय राकेशप्रसाद साह, साहकी श्रीमती ३० वर्षीया पिंकीकुमारी साह, छोरा वर्ष ५ का युमान साह, २० वर्षीया शीतलकुमारी साह छन् ।

यस्तै लहान-१ का ४५ वर्षीय गणेश साह, उनका छोरा ६ वर्षीय अवास साह, स्थानीय ५५ वर्षी रमेशकुमार साह, उनकी श्रीमती ५० वर्षीया मुनिदेवि साह, पर्साको वीरगञ्ज महानगरपालिका-३ बस्ने ४० वर्षीय राकेशकुमार गुप्ता, उनकी श्रीमती वर्ष ३५ की अभादेवि गुप्ता, भारत बिहार सितागढी ग्राम पंचायत वर्ष २० का रोशन साह, लहान-८ सुखिपुरकी २१ वर्षीया आरतीकुमारी साह र राकेश साहको छोरा वर्ष ८ का आरभ कुमार साह छन् ।

घाइतेहरुको स्थानीय युनिक अस्पतालमा उपचार भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार ट्रक, ट्रक चालक र विङगर इलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रणमा राखिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNews
Comments (0)
Add Comment