बिएमडब्ल्यूको वार्षिक नाफा वृद्धि

२६ फागुन, काठमाडाैं । जर्मन कार निर्माण कम्पनी बीएमडब्ल्यूले सन् २०२२ मा वार्षिक मुनाफामा तीव्र वृद्धि भएको छ ।

आरामदायी गाडीको उच्च मूल्यले आपूर्ति शृङ्खला अवरोधको कारण आपूर्तिमा गिरावटको पूर्ति गर्न मद्दत पु¥याएको छ ।

म्युनिखस्थित समूहले गत वर्ष १८ अर्ब ६० करोड युरो (१९ अर्ब ६० करोड अमेरिकी डलर) खुद नाफा कमाएको थियो, जुन सन् २०२१ को तुलनामा ४९ प्रतिशतले बढी हो ।

समूहको आम्दानी २८ प्रतिशतले बढेर १४२.६ अर्ब युरो पुगेको छ । बीएमडब्लूले भनेको ‘ठोस’ आँकडा, वाहनहरूमा मूल्य निर्धारण संशोधनको साथै चिनियाँ संयुक्त उद्यम बीबीएको पूर्ण एकीकरणले नाफा आर्जनमा महत्वपूर्ण योगदान गरेको बताएको छ ।

समूहले सन् २०२२ मा २४ लाखभन्दा कम गाडी आपूर्ति गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले कम हो ।

तर जारी आपूर्ति शृङ्खलाको समस्या, विश्वव्यापी सेमिकन्डक्टरको अभाव र चीनमा कोभिडसँग सम्बन्धित लकडाउनका कारण समूहले आफ्ना सबै अर्डरहरू पूरा गर्न सङ्घर्ष गर्नुपरेको जनाएको छ ।

विशेष गरी बीएमडब्लूका पूर्ण विद्युतीय सवारी साधनहरूको उच्च माग थियो, जसको बिक्री अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी अर्थात् दुई लाख १५ हजार सात सय ५२ सङ्ख्या पुगेको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment