टेस्लाले कारहरुको बिक्रीमा कमी आएपछि घटायो मूल्य

२३ फागुन, काठमाडाैं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले कारहरुको बिक्रीमा कमी आएपछि विभिन्न मोडलका कारहरुको मूल्य घटाएको छ ।

वर्तमान परिदृश्यमा विश्व अर्थतन्त्र मन्दी उन्मुख भएसँगै मानिसहरुले विलासी कारहरुमा लगानी घटाएका छन् । यस्तै टेस्ला बाहेकका अन्य कम्पनीहरुले टेस्ला कारहरुको तुलनामा सस्तो मूल्यमा विद्युतीय कारहरु उपलब्ध गराउँदा टेस्लाको बिक्रीमा कमी आएको थियो । जटिल परिस्थितिको माझमा समेत कारहरुको सेल्स बढाउन कम्पनीले मूल्य घटाएको हो ।

कम्पनीले बेलायत र अमेरिकामा बिक्री हुने कारहरुमा विशेष छुट दिएको छ । मोडल एस, मोडल एसको स्र्पोट्स कार, मोडल एक्स र यसै मोडलको एसयुभीमा टेस्लाले अमेरिकामा मात्रै लागु हुने गरी ४–९ प्रतिशत छुट दिएको हो ।

यस्तै बेलायत र युरोपियन युनियन अन्तर्गतका राष्ट्रहरुमा कम्पनीले मोडल ३ को सेडान र मोडल वाईमा ६ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

मूल्य कटौतीका विषयमा बोल्दै टेस्लाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एलन मक्सले मानिसहरुमा टेस्लाको कारहरु किन्ने तीव्र इच्छा भएता पनि वर्तमान आर्थिक परिस्थितिका कारण उनीहरुले टेस्लाको कार खरिद नगरेको बताएका छन् । यस्तै उनले सन् २०२३ मा विश्व अर्थतन्त्र मन्दी उन्मुख रहेसँगै कारहरुको सेल्समा कमी आउने बताएका छन् ।

सन् २०२२मा कम्पनीले आफूले टार्गेट गरेअनुसारको कारहरु बजारमा उपलब्ध गराउने जनाएको थियो । तर सन् २०२२को अन्त्यमा कम्पनीले लिएको टार्गेट ५० प्रतिशतले घटेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment