एनआरटीविरुद्ध सातदोबाटोकाे जित

२१ फागुन, काठमाडाैं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लब विजयी भएको छ । सातदोबातोस्थित च्यासल रङ्गशालामा आज भएको खेलमा सातदोबाटोले न्युरोड टिम (एनआरटी) लाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गरे । यता एनआरटीका लागि भने निकोलस सङले एक गोल फर्काए । खेलको ४५औँ मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको पहिलो हाफको इन्जुरी समयमा एनआरटीका निकोलसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८४औँ मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए ।

यस जितसँगै सातदोबाटोले पहिलो खेलमै ३ अङ्क जोडेको छ । एनआरटीले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबले गोलरहित बराबरी खेलेका छन् । यस बराबरीमा सँगै दुवै टोलीले पहिलो खेलमा १–१ अङ्क बाँडेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment