शिवरात्रीको महिमा के हो ?हामीहरुले पनि बुझ्नुपर्दछ !

०५ फागुन, काठमाडाैं । मिति २०७९ साल फाल्गुन ६ गते शनिबार फाल्गुन कृष्णपक्ष त्रयोदशी तिथी साँझ ६ : ०६ बजेसम्म त्यस उप्रान्त चतुर्दशी तिथी आरम्भ भएकोले बिशेष यो दिन भगवान शिवजीको पूजा अर्चना बेलपत्र द्वारा र विभिन्न फलफूलहरुको साथमा निलाहर व्रतबसी रात्रीमा शिवलिंगमा बिशेष पूजा र आरतीबाली जाग्राम बस्ने गर्नुपर्दछ।महाशिवरात्री हिन्दुहरुको एक प्रमुख चाड हो ।सृष्टिको प्रारम्भमा यसै दिन मध्यराति भगवान शंकर ब्रह्माबाट रुद्ररुपी शिवको रुपमा अवतरण भएको र शिव पार्वतीको विवाहको दिन हो।प्रलयको बेलामा यसै दिन प्रदोषको समय भगवान शिव तांडव नृत्य गर्दै ब्रहृमण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन् ।यसैकारण उनलाई महाशिवरात्री अथवा कालरात्री भनिन्छ शिव भनेको कल्याणकारी हो।जसले सवैको कल्याणकोलागि कालकुट बिष समेत आफुले पान गर्नुभयो।फेरि शिवको शिरमा जटा ,चन्द्रमा र गंगा बसेको हुनाले उहाँलाई आसुतोष भनिन्छ।त्यसैले महादेवलाई तुरुन्तै खुसिहुने देवताका रुपमा पूजागरिन्छ।

शिवरात्री पर्व फागुन कृष्ण चतुर्दशीमा मनाइन्छ ।शिवरात्री पूजामा व्रतालुहरु भगवान शिवको ध्यान र जप गर्छन् ।कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रुपमा मनाउने गरेका छन् ।यस दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल-पत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्दछन् ।शिव लिङ्गमा बेल-पत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु जस्ता विशेष कर्मको सम्पादन यस पर्वमा हुने गर्दछ।

यस दिन शिवको विवाह भएको थियो त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ।वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो।यहाँ रात्रि शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ।परमात्मा नै ज्ञानको सागर हो जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ।ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री-पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् ।यस व्रतको विधानमा सवेरै स्नानादिबाट शुध्द भएर उपवास गर्ने गरिन्छ।

यस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतूरोको फुल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ।यदि नजीकमा शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ।

राती जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ।
व्रतको भोलिपल्ट बिहान सवेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ।

महाशिवरात्रि भगवान शंकरका निमित्त सबैभन्दा पवित्र दिन हो ।यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत हो।यो व्रतको पालना गरेर सबै पापहरूको नाश हुन्छ।हिंसक प्रवृत्तिमा परिवर्तन आउँछ।निरीह जीवहरू प्रति दयाभाव उब्जिन्छ।ईशान संहितामा यसको महत्ताको उल्लेख यसरी गरिएको छ-
।।शिवरात्रि व्रतं नाम सर्वपापं प्रणाशनम्।
आचाण्डाल मनुष्याणां भुक्तिमुक्तिप्रदायकम्॥

विशेष चतुर्दशी तिथिका स्वामी शिव हुन्। अत: ज्योतिषशास्त्रमा यस तिथिलाई परम शुभफलदायी तिथि भनिएको छ।त्यसो त शिवरात्रि प्रत्येक महीनाको चतुर्दशीका दिन पर्दछ।तर फाल्गुन कृष्ण चतुर्दशीलाई सबै शिवरात्रिमध्ये विशेष भएकाले महाशिवरात्रि भनिएको हो।ज्योतिषीय गणना अनुसार सूर्यदेव पनि यस समयसम्म उत्तरायणमा आइसकेका हुन्छन् तथा ऋतु परिवर्तनको यो समय अत्यन्त शुभ मानिन्छ।शिवको अर्थ हो कल्याण।शिव सबैको कल्याण गर्ने देवता हुन्।अत: महाशिवरात्रिमा सरल उपाय गर्दा मात्र पनि इच्छित सुखको प्राप्ति हुन्छ ।

ज्योतिषीय गणितको अनुसार चतुर्दशी तिथिमा चन्द्रमा अफ्नो क्षीणस्थ अवस्थामा पुग्दछ।त्यस कारण बलहीन चन्द्रमा सृष्टिलाई ऊर्जा प्रदान गर्न असमर्थ हुन्छन्। चन्द्रमाको सीधा सम्बन्ध मनसग हुन्छ।अब मन: कमजोर हुदा भौतिक सन्तापले प्राणीलाई घेर्दछ तथा विषादको स्थिति उत्पन्न हुदछ।जसबाट कष्टहरूको सामना गर्नु पर्दछ। चन्द्रमा शिवको मस्तकमा सुशोभित छन्। अत: चन्द्रदेवको कृपा प्राप्त गर्न भगवान शिवको आश्रय किने गरिन्छ।महाशिवरात्रि शिवको प्रिय तिथि हो।अत: प्राय: ज्योतिषीहरू शिवरात्रिका दिन शिवको आराधना गरेर कष्टहरूबाट मुक्ति पाउन सुझाव दिन्छन्।शिव आदि-अनादि हुन। सृष्टिको विनाश वा पुन:स्थापनको बीचको मुख्य कडी हो प्रलय अर्थात कष्ट, पुन:स्थापन अर्यात सुख।अत: ज्योतिषमा शिवलाई सुखको आधार मानेर महाशिवरात्रिमा अनेक किसिमका अनुष्ठान गर्ने महत्ता दर्शाइएको छ।शिवार्चनमा इशानमूर्तिलाई दूधले र अघोरमूर्तिलाई दहीले, वामदेवमूर्तिलाई ध्यूले स्नान गराइन्छ ।मल्लकालमा कलात्मक, मौलिक वास्तुकलाले भरिएको शैव सम्पदा निर्माण भएको पाइन्छ ।यसरी नेपालमा शैवमतको बढ्दो प्रभावलाई निस्तेज पार्न नेसं -४७० मा बंगालका सुल्तान समसुद्दिनले यहाँ आक्रमण गरी ठाउँ-ठाउँको देवमन्दिर नष्ट गर्ने क्रममा आराध्यदेव पशुपतिनाथको शिवलिंगलाई दुई टुक्रा पारिदिएको इतिहासमा उल्लेख छ ।तत्कालीन भारदार जयसिंहराम बर्द्धनले मुसलमानहरूले बिगारेको पशुपतिको शिवलिंगको ठाउँमा नयाँशिवलिंगसहित अनेकौं ठाउँमा नयाँ शिवलिंगहरू समेत बनाउन लगाए ।

जसरी पशुपतिनाथ शैवमार्गी हिन्दुको एकमात्र शिवलोकका रूपमा प्रसिद्ध छ ।प्रत्येक वर्ष फागुण कृष्ण चतुर्दशीका दिनलाई शिबरात्री नाम दिइएको छ ।हाम्रो संस्कृतिमा कालरात्रि, सुखरात्रि, मोहरात्रि र शिवरात्रि प्रख्यात छन् ।शिवरात्रि कै दिन भगवान् शिवको पार्वतीसँग विवाह भएको मानिन्छ ।त्यस्तै यो दिन भगवान् शिवलाई आराधना गर्ने सबैभन्दा उपयुक्त दिनका रूपमा धर्मग्रन्थहरूमा व्याख्या भएको पाइन्छ ।इशान संहितामा यो दिन भगवान् शिवको आराधना गरी व्रत उपासना गरेमा मनुष्य जीवनबाट मुक्ति पाउने उल्लेख छ ।अर्काे एक धर्मग्रन्थअनुसार निषादराज सुन्दर सेनकले अन्जानमै यो दिन व्रत बस्न पुग्दा मृत्युपर्यन्त उनी शिवलोकमा पुगी भगवान् शिवको सेवक बन्न पुगेको उल्लेख छ ।स्कन्द पुराणमा पनि शिवरात्रि को महत्त्व झल्काउने क्रममा चण्ड नामका एकजना दुष्ट र उनकी पत्नीले अन्जानमा यो दिन व्रत लिन पुग्दा भगवान् शिव प्रसन्न हुन पुगी उनीहरूले शिवलोकमा बास पाएको उल्लेख छ ।स्कन्द पुराणमा यतिसम्म उल्लेख छ कि जो मनुष्यले यो दिन भगवान् शिवको आराधना गरी व्रत बस्दछ उसले जीवनमा दोस्रोपटक मनुष्य भई जन्म लिंदा आमाको दूध पिउनु पर्दैन ।अन्त्यमा एकजना ब्याधाले पनि अन्जानमा यो कथा सुनेर वेलपत्र शिवजीलाई चढाएको प्रवाभ र मृगहरुको सत्यता देखेर आफ्नु शिकारीपनलाई छोडी उसलाई धर्म ,अर्थ ,काम ,मोक्ष प्राप्तभई शिवलोक, कैलाशमा गएर आनन्दसँग बिहारगर्न पाएको कथा छ।त्यसैले हिन्दुधर्मालम्विहरुले यो व्रत जानेर वा अन्जानमा भएपनि अवस्य गर्नुपर्दछ।
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment