कागेश्वरी मनोहरा नगरपालिकामा राष्टपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा, प्रतियोगिता भोलि देखि शुरु

०४ फागुन, काठमाडौं । कागेश्वरी मनहारा नगरपालिकाको आयोजनामा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भोलि देखि संचालन हुने भएको छ। पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख उपेन्द्र कार्कीले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रत्येक खेलाडीहरुको बिमा समेत नगरपालिकाले गरिदिने जानकारी दिदै नगरपालिकालाई खेलकुद हबको रुपमा विकास गर्न लागिपरेको जानकारी गराए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिका भित्र खेलकुदको बिकास गर्न र खेलकुदमा रुचि राख्ने बिद्यार्थी र खेलाडीहरु मनोबल वृद्धि गर्न यस प्रतियोगिताको आयोजना गरिएको हो साथै यस नगरलाई खेलकुद नगरीको रूपमा बिकास गर्ने योजना समेत रहेको बताएका थिए।

कार्यक्रम बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक एवम् कागेश्वरी मनहारा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष भिमसेन थापाले मुलपानी खेलकुद मैदान बाट उदघाटन हुने प्रतियोगितामा नगरपालिका भित्रका ५३ बिधालय मध्ये ३५ बिधालयले सहभागिता जनाएको र यस नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल,टेबल टेनिस,हाई जम्फ,लङ जम्फ,सर्ट पुट,कबडी,दौड लगाएत विभिन्न सात किसिमको खेलहरु समाबेश गरिएको जानकारी गराएका थिए।

फागुन ५ गते मुलपानी खेलकुद मैदान बाट उदघाटन हुने कागेश्वरी मनाेहरा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता फागुन ८ गते सम्म संचालन हुने संयोजक थापाले बताए ।

भोलि बिहान मुलपानी चौरमा हुने उद्घाटन कार्यक्रममा सहभागी हुन पनि उनले अनुरोध गरेका छन । साथै उनले फाल्गुन सात गते प्रजातन्त्र दिवसको अवसरमा हुन लागेको ९ औं कागेश्वरी महोत्सबमा समेत सहभागी हुन अनुरोध गरेका छन । कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदीमा नगरपालिकाको पर्यटन प्रवर्दन गर्ने उदेश्यले आयोजना गर्न लागेको महोत्सब सफल बनाउन सबैलाई अपिल समेत गरेका थिए । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, शिक्षा शाखा प्रमुख बिमल निरौला वडा अध्यक्षहरु मुकुन्द प्रसाद गजुरेल , प्रकाश फुयाल, राममणि पुडासैनी , विजय श्रेष्ठ (धन),शंकर पाण्डे ,हरिभक्त पुडासैनी,अनिल थापा वडा सदस्यहरु कार्यपालिका सदस्य सहित बिभिन्न बिध्यालयका प्रधानाध्यापक र शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment