हजका लागि साउदीबाट आयो १२ सय जनाको कोटा, जान के गर्नुपर्छ ?

०४ फागुन, काठमाडौं नेपाल हज समितिले सन् २०२३ को हज यात्रामा जान चाहनेका लागि आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । साउदी अरबले सन् २०२३ (हज १४४४) का लागि नेपालबाट १२०० जना इस्लाम धर्मावलम्वीहरूले हज गर्न सक्ने गरी साउदी अरबले कोटा पठाएको छ ।

उक्त कोटामा हज गर्न इच्छुक नेपाली मुस्लिम धर्मावलम्बीहरूले नेपाल हज समितिको सचिवालयको वेव साइट nepalhajj.moha.gov.np मा रहेको हज आवेदन फारम डाउनलोड गरी गरी फारम भर्नु पर्नेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment