साथीको नाममा फेक आइडी खोलेर कारोबार गरेको आरोपमा एक युवती पक्राउ

२५ माघ, काठमाडौं । आफ्नै केटी साथीको नाममा फेक आइडी खोलेर आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको रामधुनी गाँउपालिका-४ घर भइ काठमाडौंको नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठ छन्।

उनले फेसबुक, इन्स्ट्राग्राम जस्ता सामाजिक संजालहरुको दुरुपयोग गरी अस्ट्रेलियामा रहेकी केटी साथीको नाममा फेक फेसबुक एकाउन्ट खोली पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरुलाई म्यासेन्जरमार्फत् विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाइ ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीविरुद्ध विद्युतीय कारोबार कसुरअन्तर्गत आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्यूरो भोटाहिटी काठमाडौं पठाइएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment