एनआईबिएल ग्रोथ फन्डको इकाई नेप्सेमा सूचीकृत, बुधबारदेखि कारोबार हुने

२४ माघ, काठमाडाैं । ‘एनआईबिएल ग्रोथ फन्ड’ को इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको छ ।

नेप्सेमा फन्डको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १३ करोड २० लाख इकाई सूचीकृत भएको हो । स्टक एक्सचेञ्जमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम माघ २४ गतेको निर्णयानुसार स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हो ।

प्रति इकाई मूल्य १० कायम भएको क्रम संख्या १ देखी १३ करोड २० लाखसम्मको कुल १३ करोड २० लाख इकाई सूचीकरण गर्ने सम्झौता माघ २४ गते मंगलबार सम्पन्न भएको हो ।

एनआईबिएल एस क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको उक्त इकाई सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच आज दोस्रो बजार कारोबारको लागि सम्झौता भएको हो ।

नेप्सेले एनआईबिएल ग्रोथ फन्डको इकाई कारोबारका लागि ‘एनआइबिएलजीएफ’ NIBLGF कारोबार संकेत दिएको छ । बुधबारदेखि फन्डको इकाई यहि कारोबार सिम्बोलमा खरिद बिक्री हुनेछ ।

मंगलबारको सूचीकृत पछि फन्ड इकाई भोलि बुधबारदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ । धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाटस्टक एक्सचेञ्ज लिमिटेडमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजारको कारोबार हुने व्यवस्था छ ।

एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा उक्त इकाई सार्वजनिक निष्कासनमा आएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment