टर्कीमा शक्तिशाली भूकम्प

२३ माघ, एजेन्सी । टर्कीको दक्षिण-पूर्वी स्थित गाजीयान्टापमा शक्तिशाली भूकम्प गएको छ। सिरियासँगको सीमा नजिकै गएको उक्त भूकम्प ७.८ म्याग्निच्युड मापन गरिएको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो। करिब १५ मिनेटपछि दोस्रो धक्का महसुस भएको थियो।

भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका अन्य विभिन्न सहरहरू र उक्त क्षेत्रभर महसुस भएको विवरणहरू प्राप्त भएको बीबीसीले जनाएकाे छ ।

कैयौँ भवनहरू भत्किएको र त्यहाँ केही मानिस फसेको हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment